भाषा, साहित्यलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

 असार ३०, २०७५ शनिबार १६:३६:१२ | उज्यालो सहकर्मी

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई समय अनुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले पुनर्जागरण अभियान नै सञ्चालन गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई आधुनिकतासँग जोड्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

भानु जयन्तीको अवसर पारेर मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शनिबार पनि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सामूहिक भावमा आधारित रहेर मात्रै भाषा, साहित्य र संस्कृतिलाई मानव जातिको उत्थानमा लगाउन सकिने धारणा पनि राख्नु भयो ।

मन्त्री ज्ञवालीले व्यक्तिवाद, उपभोक्तावाद र मुलुकमा बढदै गएको सांस्कृतिक असहिष्णुतालाई हटाउन सामूहिक भावका साथ अघि बढनुको विकल्प नरहेको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया