टिपरले काठमाडाैंमा फेरि लियाे एक जनाकाे ज्यान

 असार ३०, २०७५ शनिबार १७:१७:१३ | उज्यालो सहकर्मी

काठमाडौं - काठमाडौंको सोल्टीमोडमा टिपरको ठक्करबाट शनिबार एकजनाको ज्यान गएको छ ।

ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया अनुजा घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते अनुजाको उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालक अनुजाका दाजु अनुजको उपचार भइरहेको छ  ।

प्रहरीले टिपर चालकलाईं पक्राउ गरेको छ । 

टिपरको ठक्करबाट हुने दुर्घटना बढेपछि सरकारले साउन १ गतेदेखि काठमाडौैंमा रातिमात्र टिपर चलाउन पाउने नियम बनाएको छ । 

याे पनि पढ्नुहाेस्:

टिपर दुर्इपा‌ंग्रे चालककाे काल बन्दै

टिपरले ठक्कर दिँदा जडिबुटीमा एकको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

टिपरको ठक्करबाट आमाछोरासहित तीनजनाको ज्यान गयो

 

 

 

अन्तिम अपडेट: चैत १, २०८०

2 Comments

  • Pravin k ghimire

    July 15, 2018, 5:56 a.m.

    Speed 25/30 in side the city

  •  0 Reply
  • Biju thapa

    July 14, 2018, 6:21 p.m.

    यो टिप्पर र माेटरसाइकल त बाज र सर्प जस्तै भयो...देख्यो कि टिप्यो । कतिन्जेल सम्म मोटरसाइकल चढ्नेहरु सर्प बन्नु पर्ने हो? लौ न सरकार...अब यो टिप्परबाद कहिले सम्म चल्ने हो? यो समस्याको समाधान छिट्टै होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया