रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूलाई

 असोज ६, २०७६ सोमबार १३:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाइब्रेकरमा हराउँदै अनेरास्ववियूले उपाधि जितेको हो ।

काठमाण्डौको शान्तिनगर फुटसलमा भएको फाइनलको निर्धारित समयसम्म गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको हो । प्रतियोगितामा महाकाली युवा क्लबलाई २–० ले हराउँदै डाइनामिक युथ क्लब तेश्रो भयो ।

उपाधिसँगै अनेरास्ववियूले २५ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया