श्री एअरलाइन्सकाे विशेष छुट : ८५ वर्षभन्दा माथिका नागरिकसँग ५ सय रुपैयाँ मात्र लिने

 असोज ६, २०७६ सोमबार १३:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – श्री एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।

श्री एअरलाइन्सले असोज १२ गते घटस्थापनादेखि आन्तरिक उडानमा ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँमा हवाई यात्रा गराउने जानकारी दिएको छ । एअरलाइन्सले बाँकी हजाई भाडा तथा इन्धन शुल्कमा छुट दिने बताएको छ ।

त्यस्तै एअरलाइन्सले सरकारले घोषणा गरेअनुसार ७५ वर्षमाथिका नेपाली नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएको छ ।  छुट प्राप्त गर्न यात्रा व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेश गर्नुपर्नेछ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया