विदेशबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था दशैँअघि नै सुरु हुने

 असोज ६, २०७६ सोमबार १७:५४:६ | उज्यालो सहकर्मी

काठमाण्डौ  – वैदेशिक रोजगारीमा रहेका नेपालीले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था दशैँअघि नै सुरु हुने भएको छ । यसबारे वैदेशिक रोजगार विभागले आवश्यक  तयारी थालेको छ । 

अनलाइन प्रणाली सम्बन्धी सबै प्राविधिक कुरा मिलिसकेकाले दशैँको बिदाभन्दा अघि नै पुनः श्रम स्वीकृतिको व्यवस्था गर्ने गरी गृहकार्य भैरहेको विभागका महानिर्देशक भीष्म कुमार भूसालले जानकारी दिनुभयो । 

विभागले बीमाको रकम र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गरिसकेकाले अब धेरै समय कुर्न नपर्ने उहाँको भनाइ छ । 

विभागका अनुसार कल्याणकारी कोषको अनलाइन भुक्तानीको सफल परीक्षण भइसकेको र बीमाको अनलाइन भुक्तानीको लागि केही प्राविधिक कुरा टुँग्याउन मात्रै बाँकी छ । 

पुनः श्रम स्वीकृतिका लागि अहिलेसम्म नेपालमै आउनुपर्ने बाध्यता छ । वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधनले विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्वीकृति लिन सकिने कानुनी व्यवस्था गरेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Chuda Prasad Subba

    Sept. 23, 2019, 11:18 p.m.

    चाँडै शुरु भए धेरै राम्रो हुनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया