गुफाबाट उद्धार गरिएका सबैजना बिहीबार घर फर्किने

 असार ३०, २०७५ शनिबार १८:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् । 

स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट बिदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । 

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गएको जुन २३ मा गुफामा फसेका थिए । 

उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । 

‘आउदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ’, अस्पतालका एक अधिकारीले भने । 

उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय बिताउन, तर सञ्चार माध्यमलाई अन्तवार्ता नदिन सुझाव दिइएको छ । 

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गएको जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए । 

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया