बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
नवलपरासी - नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका दिपक भन्ने पूर्णबहादुर बि.क., देवचुली –५ , घर भएका दिलबहादुर ढेँगा मगर, देवचुली नगरपालिका-१० घर भएका दिपेश राना ,त्यसै ठाउँका हिरा राना र कैलालीकाे धनगढी– ११, घर भएका सुरज राना मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सोमबार राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टा जंगल क्षेत्रकाे पुर्व –पश्चिम राजमार्गमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँचै जनाको ज्यान गएको थियो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।