७ सय ३७ पालिकामा बैंक

 असोज ८, २०७६ बुधबार ६:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ७ सय ५३ पालिकामध्ये ७ सय ३७ पालिकामा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कूल प्रदेश नं १ मा कूल १३७ पालिकामध्ये १३६ मा बैंकका शाखा खुलेका छन् । 

प्रदेश नं २ का १३६ पालिकामध्ये १३४, प्रदेश नं ३ का ११९ पालिकामध्ये ११७, गण्डकी प्रदेशका ८५ पालिकामध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । 

यस्तै प्रदेश नं ५ का सबै पालिकामा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ पालिकामध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ पालिकामध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गएको साउन मसान्तसम्ममा १७१ रहेको छ । २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । 

बैंक तथा वित्तीय संस्थाको शाखाका सङ्ख्या गएको असार मसान्तमा आठ हजार ६८६ रहेकामा गएको साउन मसान्तमा बढेर आठ हजार ८०५ पुगेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया