पाँचथरको फालेलुङ ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते

 असार ३०, २०७५ शनिबार १९:५६:५२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् ।

सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै गरेको मे १ ज १२४० नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा वडा अध्यक्ष राईसहित उहाँका श्रीमान सुनिल वान्तावा, सोही वडाका दीपक राई र ट्याक्सी चालक घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि अन्य दुईजना सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि सदरमुकाम फिदिम ल्याउने काम भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया