'नेकपा' जनताले सर्वाधिक रुचाएकाे पार्टी हाे, निरंकुश हुन्छ भन्ने हाैवा नफिँजाउनुस् : नेता नेपाल

 असोज ८, २०७६ बुधबार १३:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनु भएको छ ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहनुभएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिँजाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो । 

पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले नेकपालाई जनताले सर्वाधिक रुचाएकाले नेपालमा लोकप्रिय हुन पुगेको स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सतिसालझैँ उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटक-पटक पाउने गरेको स्मरण पनि गराउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया