पितृप्रसाद खाँदा २७ जना बिरामी

 असोज ८, २०७६ बुधबार १३:२२:५२ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–२ बसनियामा २७ जना बिरामी भएका छन् । सोह्र श्राद्ध तिथिमा मंगलबार स्थानीय राजेन्द्र दाहालको घरमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् ।

बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै बर्दिबासमा रहेको जनसेवा अस्पताल पठाइएको वडाअध्यक्ष रितेस राउतले जानकारी दिनुभयो । बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । ‘फुड प्वाइजन’का कारण उनीहरु बिरामी परेको बताइएको छ ।

वडा अध्यक्ष राउतका अनुसार बर्दिबास पठाइएका बिरामीहरुमा ५ वर्षीय आनन्द बराल, २० वर्षीया सुमित्रा कार्की, ३० वर्षीय संगिता बराल, ३५ वर्षीय विशाल बराल, ६५ वर्षीय तेजप्रसाद ढुंगेल र ६० वर्षीया नर्बदा बराल रहेका छन् ।

राजेन्द्र दाहाल र उहाँकी श्रीमतीको पनि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया