वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।
मिल्टनको मैदानमा लिभरपुलकाे जितमा जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । खेलको ४१ औं मिनेटमा मिल्नरकाे गाेलमा लिभरपुलले अग्रता बनायाे । उनले क्लवका लागि सन् २०१० पछि पहिलाे गाेल गर्न सफल भए ।
६९ औं मिनेटमा लिभरपुलका लागि हाेयभरले गाेल गर्दै २-० को जित दिलाए । युवा खेलाडी हाेयभरकाे सिनियर टिमका लािग पहिलाे गाेल हाे ।
चौथो चरणमा लिभरपुलले आर्सनलसँग खेल्नेछ ।