पीएसजीको दोस्रो हार

 असोज ९, २०७६ बिहिबार ७:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च क्लब लिग वनमा साविक विजेता पेरिस सेन्ट जर्मेनले दोस्रो हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा पीएसजी रिम्ससँग २–० ले स्तब्ध बन्यो ।

घरेलु मैदानमा १६ महिना पछि पहिलो हार ब्यहोरेको पीएसजीले बल पोसेसन राम्रो बनाए पनि गोल गर्न सकेन । खेलको २९ औं मिनेटमा कामाराको गोलमा रिम्सले अग्रता बनाएको थियो । 

पहिलो हाफमा एकगोलको अग्रता बनाएको रिम्सले दोस्रो हाफमा अर्को गोल थप्दा पीएसजी हेरेको हेरै भयो । 

उसका लागि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फोकेटको पासमा डीयाले गोल गरे । यो हारले पीएसजीलाई लिगमा तीन अंकको अग्रता बनाउने सुनौलो मौका गुमेको छ । उसको सात खेलमा १५ अंक छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया