प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको ज्यान गएको छ ।
जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गाैर नगरपालिका–७ का ३५ वर्षका रुपलाल साहको जाममा परेका बेलामा शुक्रबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । साह मिर्गाैला रोगी भएको भएको परिवारले बताएका छन् ।
आर्थिक अभावका कारण एम्बुलेन्समा आउन सम्भव नभएपछि रात्रीबसमा नै साहलाई उपचारका लागि काठमाण्डाै ल्याइँदै थियो ।
लामो जामका कारण १२ घण्टासम्म कुर्नु पर्दा बिरामीको उपचार नपाएर ज्यान गएको हो । साहका आमा भाइ र दाजु सँगै गाडीमा आएका थिए । आमासँगै सिटमा बसेका साहको आमाको काखमै ज्यान गएको हो ।