दशैँमा स्थानीयलाई पलाँता गाउँपालिकाकाे उपहार: पछ्यौरा, ढाका टोपी र खाद्यान्न

 असोज १०, २०७६ शुक्रबार १६:१६:५३ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिकाले  एकल महिला, द्वन्द्व पीडित, विपन्न परिवार र वृद्धवृद्धालाई दशैँ मनाउनका लागि उपहार वितरण गरेको छ ।

गाउँपालिकाले उनीहरुलाई उपहारस्वरुप पछ्यौरा, ढाका टोपी, तेल, चिनी र चामल वितरण गरेको हो । वृद्धका लागि एउटा ढाका टोपी र एक केजी चिनी तथा वृद्धाका लागि एउटा पछ्यौरा र एक केजी चिनी उपहार दिइएको हो ।

त्यस्तै एकल महिलालाई एउटा पछ्यौरा, एक केजी चिनी र एक पाकेट तेल उपहार दिइएको छ । विपन्न तथा द्वन्द्व पीडित ९० घरपरिवारलाई एक बोरा चामल, दुई पाकेट तेल र एक केजी चिनी उपहार दिइएको छ । त्यस्तै दलित घरपरिवारलाई एक बोरा चामल, दुई पाकेट तेल र १ केजी चिनी उपहार दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो । ।

पलाँतामा एक पाकेट तेलको मूल्य एक सय २० रुपैयाँ, एक केजी चिनीको एक सय रुपैयाँ र एक बोरा चामलको मूल्य दुई हजार रुपैयाँ पर्छ । गाउँपालिकाभित्रका कसैले पनि दशैँ चिनी एक केजीको एक सय रुपैयाँ र चामल एक प्याकको २ हजार रुपैयाँ पर्छ ।

दशैँको बेला घरमा दशै मान्ने खर्च नभएर कसैले पनि रुँदै बस्न नपरोस् भनेर गाउँपालिकाले उनीहरुका लागि उपहार कार्यक्रम अगाडि सारेको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया