विद्यालयका लागि ६० लाख रुपैयाँ बराबरकाे जग्गा नि:शुल्क प्रदान

 असोज १०, २०७६ शुक्रबार १७:२४:३६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - बरहथवा–५ का जर्गनाथ साहले पाँच कुमार माध्यमिक विद्यालयलाई एक बिघा जग्गा नि:शुल्क प्रदान गर्नुभएको  छ।

उहाँले बरहथवा-९, मुर्तियामा रहेको ६० लाख रुपैयाँ मूल्य बराबरको जग्गा बाबु रामऔतार साह र आमा लक्षिया देवीको नाममा विद्यालयलाई नि:शुल्क प्रदान गर्नुभएको हो। विद्यालयलाई जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै साहलाइ शुक्रबार दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रधान अध्यापक विनोदकुमार मिश्रले जानकारी दिनुभयो।

साहले आउँदा दिनमा पनि शैक्षिक सुधारका लागि विद्यालयलाई थप सहयोग गर्दै जाने बताउनुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली उप्रेती, नेकपा प्रदेश कमिटी सदस्य कल्पना कटुवाल, हरिपुर नगरपालिका-१ का वडाध्यक्ष कुमार लामा, विभिन्न विद्यालयका प्रधान अध्यापक, समाजसेवीलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी २ नम्बर प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत प्रदान गरेको ४० वटा साइकल कक्षा ८ का छात्रालाइ वितरण गरिएको छ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया