शनिबारदेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असोज ११, २०७६ शनिबार ८:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबारदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् ।

मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन ।

पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उहाँले बताउनुभयो । यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उहाँले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ ।

साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया