इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित, बर्नमाउथ र  वेष्टह्याम बराबरीमा रोकियो

 असोज १२, २०७६ आइतबार ६:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । चेल्सीले ब्राइटन एण्ड होभ अल्वियनलाई २–० ले हरायो ।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा जित हात पारेसँगै चेल्सी ११ अंक बनाउँदै छैटौं स्थानमा उक्लिएको छ । चेल्सीको जितमा जर्जिन्हो र विलयनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ५०औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । जसलाई जर्जिन्होले गोलमा परिणत गरे । ७६औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । 

पराजयसँगै ब्राइटन भने ६ खेलबाट ६ अंक जोड्दै १५औं स्थानमा छ । 

एएफसी बर्नमाउथ र वेष्टह्याम युनाइटेडबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । बर्नमाउथको मैदानमा भएको खेलको १०औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए । 

१७औं मिनेटमा जोसुवा किंगले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको पहिलो मिनेटमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए । तर, ७४औं मिनेटमा आरोन क्रासवेलले गोल गरेपछि खेल बराबरीमा पुग्यो र वेष्टह्याम अंक खोस्न सफल भयो ।

बर्नलेले एष्टनभिल्लासँग अंक खोसेको छ । ३३औं मिनेटमा अनवर एल घाजीले गोल गर्दै एष्टनभिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको एष्टन भिल्लाले ६८औं मिनेटमा गोल खायो । 

बर्नलेका लागि जे रोद्रिगेजले गोल गरेका थिए । ७९औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै एष्टनभिल्लालाई फेरि अग्रता दिलाए । तर, ८१औं मिनेटमा क्रिस उड्सले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया