एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकियो रियल मड्रिड

 असोज १२, २०७६ आइतबार ६:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्वीमा रियलले एट्लेटिकोसँग गोलरहित बराबरी खेल्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

यो सिजन घरेलु लिगमा अपराजित रहेको रियलले एट्लेटिकोसँग गोलरहित बराबरी खेलेको हो । त्यसो त पहिलो हाफमा दुवै टिमले केही सुन्दर मौका पाएका थिए ।

जसमा एकपटक डिएगो कोस्टाको प्रहार पोष्टको केही माथिबाट बाहिरीयो । यस्तै, ग्यारेथ बेलले दोस्रो हाफको सुरुवातमा नै अग्रता दिलाउने मौका पाएका थिए, तर सो प्रहार क्रसबारमा लाग्न पुग्यो ।

खेलको अन्तिममा रियलका करिम बेन्जिमाको प्रहार एट्लेटिकोका गोलकिपरले उत्कृष्ट बचाउ गरे । 

प्रिसिजनमा एट्लेटिकोले रियललाई सात तीनले हराएको थियो । तर गएरातिको खेलमा भने एट्लेटिकोले थिबाउट कोर्टियोसलाई पूर्ण रुपमा टेष्ट गर्न सफल भएन । उनलाई ९० मिनेट खेलेपछि आफ्नो क्षमतालाई देखाउन सकेनन् । 

यो बराबरीले रियलले सात खेलमा १५ अंक बनाएको छ । उसको दोस्रो स्थानमा रहेको ग्रानाडासँगको अग्रता एक अंकमा छ । ग्रानाडाको सात खेलमा १४ अंक छ । तेस्रो स्थानमा एट्लेटिको मड्रिड रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया