डडेल्धुराको एकमात्र कभर्ड हल वर्षाले भत्कायो

 असार ३१, २०७५ आइतबार ११:०:५४ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – लगातारको वर्षापछि डडेल्धुरामा रहेको एक मात्र कभर्ड हल भत्किएको छ । जिल्लाको एक मात्र कभर्ड हल भत्किए पछि अब इनडोर खेलहरुका लागि समस्या भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताउनुभयो ।

इनडोर खेलहरु खेल्नका लागि अनिवार्य हलको प्रयोग हुने भएकाले अबदेखि खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताउनुभयो । ब्याडमिन्टन, टेबल टेनिस, कराँते, बक्सिङ, चेस जस्ता खेलहरु कभर्ड हलविना खेल्न नसकिने तामाङले बताउनुभयो ।

सदरमुकाम खलंगामा ३४ वर्ष पहिले निर्माण भएको जीर्ण कभर्डहलको मर्मत सम्भार गरिएको थिएन । जीर्ण भएको र मर्मतसम्भारको कुनै पहल नभएकाले अविरल वर्षाका कारण कभर्ड हल भत्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मगरले बताउनुभयो ।

कभर्डहल मर्मतका लागि बारम्बार राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश सरकारलाई मर्मतका लागि अनुरोध गरे पनि सुनुवाई नभएको उँहाले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया