किताब पढेर विश्व कीर्तिमान !

 असोज १३, २०७६ सोमबार ९:४३:४४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार पढेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । जयपृथ्वी नगरपालिका–८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

गिनिज इभेण्टको आयोजनामा उहाँले साउन ५ गते बिहान ११ : ३० बजेदेखि पढ्न सुरु गर्नुभएको थियो । यसअघि सन् २००८ मा नेपालकै दीपक शर्माले १ सय १३ घण्टासम्म पढेर सन् गिनिज बुकमा नाम लेखाउनुभएको थियो ।

को हुन् जोशी ? 

बुबा परशुराम जोशी र आमा जालदेवी जोशीका कान्छा छोरा मुकेशको जन्म २०५४ साल मंसिर १७ गते  भएको हो । उहाँले कक्षा १० सम्म जालपा माध्यमिक विद्यालमा पढ्नुभएको हो । त्यसपछि उहाँले सत्यवादीबाट प्लस टु गर्नुभएको हो ।

विपन्न परिवारमा जन्मनुभएका जोशी सानैदेखि सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण काठमाण्डौको रोयल क्यासिनोमा काम गर्नुका साथै लोकसेवाको तयारी र आफ्नो अध्ययनलाई निरन्तरता दिइरहनुभएको छ ।

लोकसेवा आयोगका विभिन्न किताबहरु पढ्दै जाँदा उहाँले गिनीज बुकमा लगातार १ सय १३ घण्टा अध्यायन गरेर नाम लेखाएको प्रश्न भेटाउनुभयो । यही प्रश्नबाट उहाँले लगातार पढेर विश्व कीर्तिमानी राख्ने सपना देख्न थाल्नुभयो ।

उहाँका काका न्यायधीश केशवराज जोशी, जकराज जोशी, केएमसी कलेज काठमाण्डौलगायत धेरैले उहाँलाई सहयोग समेत गरे । यसैबाट उहाँले सफलता हासिल गर्न सफल हुनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया