चीन : १७ वर्षदेखि फरार व्यक्ति ड्रोनको सहयोगमा गुफाभित्र भेटिए

 असोज १३, २०७६ सोमबार १८:३९:२१ | एजेन्सी
unn.prixa.net

चिनियाँ प्रहरीले १७ वर्षदेखि फरार रहेका एक जना व्यक्तिलाई ड्रोनको सहायताबाट एउटा गुफाबाट पक्राउ गरेका छन् । 

सोङ जियाङ नाम गरेका ती व्यक्ति महिला तथा बालबालिका बेचबिखनको अभियोगमा सजाय भोगिरहेका उनी सन् २००२ मा कैदी शिविरबाट फरार भएका थिए । 

६३ वर्षीय ती व्यक्तिले आफूलाई समाजबाट अलग राखेर आफ्नो गृह प्रान्त युन्नानको पहाडी इलाकामा आफू बस्ने घर बनाएर बसेको बताइएको थियो । राज्यका सञ्चारमाध्यमको अनुसार प्लास्टिकको बोत्तलमा नदीको पानी जम्मा गरेर, आगोको लागि रुखको हाँगा प्रयोग गरेर ती व्यक्तिले जीवनयापन गरिरहेका थिए ।

तस्बिरहरुमा गुफाको पछाडि चट्टानमा खाट बनाइएको छ । पुरानो धुवाँ रंगको कालो भाडोमा खान पकाउन प्रयोग गरिएको देखिन्थ्यो । भागेको यति लामो समय भैसकेपछि उनीसँग सम्पर्क गर्न प्रहरी अधिकारीहरुलाई निकै कठिन भएकाे थियाे ।

अभियुक्त जियाङ लुकिर बसिरहेको ठाउँको बारेमा योङशान प्रहरीले आफ्नो विच्याटबाट पत्ता लगाएको थियो । यो सूचनाको सहयोगबाट उनी बसिरहेको पहाडसम्म पुर्‍यायो । 

त्यसपछि नियमित खोजपछि ड्रोनको माध्यमबाट ती व्यक्ति भेटिन सफल भए । ड्रोनले एउटा पहाडको भिरमा नीलो रंगको छत भएको ठाउँ देखायो र त्यसपछि प्रहरीहरु गुफानजिक पुगे र उनलाई फेला पारे । 
 
अहिले उनलाई फेरि जेल पठाइएको अधिकारीहरुले जनाएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया