मनसुनको सक्रियता घट्यो, अब पानी पर्ने क्रम रोकिन्छ : मौसमविद्

 असोज १४, २०७६ मंगलबार ८:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  अब विस्तारै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने उहाँको भनाइ छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले बताउनुभयो ।

मंगलबार दिउँसो तराइबाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय नहुने देखिएकाले ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया