घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

 असोज १४, २०७६ मंगलबार ८:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले जिसीलाई घुससहित पक्राउ गरेको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया