सुन तोलाको ८ सय रुपैयाँले घट्यो

 असोज १४, २०७६ मंगलबार १४:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९००  रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजाबी सुन ६९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुई/तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया