अरिङगालले टाेकेर ताप्लेजुङमा एक जनाकाे ज्यान गयाे

 असोज १४, २०७६ मंगलबार २०:४६:३५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर-३ मा अरिङगालको गोला झार्न जाँदा लडेर एक जनाको ज्यान गएको छ । 

मैवाखोला-३, साँघुका ३० वर्षीय गोविन्द लिम्बू उत्तीसको रुखमा गुँड बनाएर बसेको अरिङगाल झार्न रुखमा चढेर हाँगा काट्दा अरिङ्गालकाे गोलोले नै टोकेपछि  ‍भूइँमा झरेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो । 

मृतक गोविन्द काकाको छोरा जीतहाङसँग राति १२ बजे अरिङ्गालको शिकारमा निस्किएका परिवारजनले बताएका छन् । ज्यान गुमाएका गाेविन्दकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया