महराको राजीनामाको सूचना संसद सचिवालयमा टाँसियो

 असोज १५, २०७६ बुधबार १५:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यौन दुर्व्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

सचिवालयका सचिव डाक्टर भरतराज गौतमले उपसभामुखको आदेशानुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम(२) बमोजिम सूचना प्रकाशित गरेको बताउनु भएको छ ।

मंगलबार कृष्णबहादुर महराले आफूमाथि लागेको गम्भीर आरोपबारे ‘सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस्’ भन्दै उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेसमक्ष ‘नैतिकताका आधारमा राजीनामा’ दिनु भएको थियो ।

कृष्णबहादुर महराले दिएको राजीनामा घुमाउरो र ‘आजकै मितिदेखि छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा’ दिएको बताए पनि संविधानविद्हरु भने महरा सभामुखका रुपमा फर्कने सम्भावना सकिएको बताएका छन् । 

सूचना टाँस गरेसँगै प्रतिनिधि सभाकाे वेबसाइटबाट महराकाे नाम पनि हटाइएकाे छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया