एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’अब १० देशमा

 असोज १६, २०७६ बिहिबार ८:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहीबारदेखि कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गरेकोे छ ।

योसँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्धहुनेछ । यस अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र १०० रुपैयाँ (१२७.६९ रुपैयाँ करसहित) मा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो सेवा लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार यो रोमिङ सेवा सुरु गर्न सक्नेछन् । रोमिङ सेवा सुरु गरी सकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।

एक पटक यो प्याक सुरु गरेपछि नेपालको समयअनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन ।

ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानुअघि वा ती गन्तव्यहरुमा पुगेपछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ सेवा नेपालमा नै सुरु गरको हुनु पर्नेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया