ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गरिने

 असोज १६, २०७६ बिहिबार १२:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा गर्नु भएको छ । 

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका सांसद समेत रहनु भएकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका मंगलबजारलगायतका पर्यटकीय स्थलहरु पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताउनु भएको हो ।

बिहीबार ललितपुरमा एक कार्यक्रमका बीच उहाँले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको स्पष्ट पार्नुभयो । नेतृ भुसालले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

नेतृ भुसालले आफूले कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया