खेतमा पानी लगाउन गएका सेनाका अमल्दारकाे लडेर मृत्यु

 असार ३१, २०७५ आइतबार १६:३१:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - नेपाली सेनामा कार्यरत एक जना अमल्दारको खेतमा पानी लगाउन गएको बेला लडेर ज्यान गएको छ ।

मष्टा गाँउपालिका वडा नम्बर ६ घर भएका अमल्दार राम बहादुर बोहराको आफ्नो खेतमा पानी लगाउन जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

३२ वर्षीय बोहरा संग्राम गुल्म पानकोटमा काजमा कार्यरत थिए ।

झारगाँउमा रहेको खेतमा पानी लगाउन जाने क्रममा कुलोबाट चिप्लिएर करीब ६० मिटर तल खस्दा बोहरा सिकिस्त घाइते भएका थिए ।

घाइते भएका बोहरालाइ जिल्ला अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको हो ।

बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेकाे जनाइएकाे छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया