दशैंको मुखमा पनि खुलेनन् राेल्पाका अवरुद्ध ग्रामीण सडक

 असोज १६, २०७६ बिहिबार १७:१५:१२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - बर्खायाम सुरु भएसँगै अवरुद्ध बनेका रोल्पाका अधिकांश ग्रामीण सडकहरु अहिले पनि ठप्प रहेका छन् ।

जिल्लाका आन्तरिक सडकहरुमा पहिरो खसेपछि अधिकांश सडकहरु अवरुद्ध भएका हुन् । सदरमुकाम लिबाङबाट जुँगार, थबाङ, मिरुल, सुर्पाल लगायतका ठाउँमा जाने नियमित जीप सेवा बन्द भएका छन् ।

जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध हुँदा स्थानीयले गाउँमा खाद्यान्न ढुवानीमा सास्ती खेप्नु परेको छ भने गाउँमा उत्पादन भएका कृषिजन्य वस्तुले बजार नपाउँदा कुहिएर ‍जान थालेका छन् ।

नेपालीहरुको महान चाड दशैँ सुरु भैसक्दासमेत आन्तरिक सडकहरु अवरुद्ध हुँदा गाउँघरमा दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । दुई महिनादेखि सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानीमा समस्या भएको तालाबाङका स्थानीय मानसिङ घर्तीले बताउनुभयाे ।

‘गाउँ गाउँमा पुग्ने सडक मर्मत नहुँदा आवश्यक सामान किनमेल गर्न समस्या भएको छ’, उहाँले भन्नुभयाे, ‘तत्काल आन्तरिक सडक मर्मत गरी सञ्चालन गर्न अत्यन्त जरुरी छ ।’

अन्तिम अपडेट: चैत १६, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया