बढी भाडा लिने र रक्सी खाएर गाडी चलाउने गरी १५ जना काठमाण्डाैबाट पक्राउ

 असोज १६, २०७६ बिहिबार २०:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - महानगरीय प्रहरी महाशाखाकाे अनुगमनका क्रममा बिहीबार चाबहिल र काेटेश्वरका बस टिकट काउन्टरहरुबाट बढी भाडा लिने ११ जनालाई नियन्त्रणमा लिइएकाे छ ।

नियन्त्रणमा लिइएकाहरुलाई महानगरीय प्रहरी वृत्त गाैशाला र महानगरीय प्रहरी प्रभाग काेटेश्वरमा पठाइएकाे छ । चाडबाडका बेला हुनसक्ने यस्तै क्रियाकलापहरुलाई राेक्न सादा पोसाकमा प्रहरी खटाएर अनुगमन गरिएकाे थियाे । 

गाैशालाबाट नियन्त्रणमा लिइएकाहरुमा खाेटाङका २१ वर्षीय दिनेश राउत (हलेसी सिङदेवी यातायात), खाेटाङकै ३२ वर्षीय धनिन्द्र राई (साझा खाेटाङ यातायात), ओखलढुङ्गाका १९ वर्षीय राजु केसी (चंचलादेवी यातायात), ओखलढुङ्गाकै २० वर्षीय रबिन बस्नेत (हलेसी सगरमाथा यातायात), खाेटाङका २३ वर्षीय साजन श्रेष्ठ (नोबेल यातायात), सोलखुम्बुका ३१ वर्षीय प्रकाश मगर (गेटवे यातायात), खाेटाङकै २५ वर्षीय टेकेन्द्र राई (तवुाचुङ मारातिका सुमाे यातायात), उदयपुरका २४ वर्षीय अन्जन तामाङ (लोकप्रिय एसी हायस यातायात), खाेटाङका ३० वर्षीय डेगेन्द्र राई (तवुाचुङ मारातिका सुमाे यातायात) रहेका छन् ।

त्यस्तै काेटेश्वरबाट नियन्त्रणमा लिइएकाहरुमा मोरङका २१ वर्षीय पूर्णप्रसाद सिवाकोटी (सुनाैलाे ईन्द्रेणी यातायात) र उदयपुरका ४० वर्षीय वीर बहादुर चाैलागाईँ (उदयपुर यातायात) रहेका प्रहरीले जनाएकाे छ । 

यस बाहेक बिहीबार नै मापसे गरेर गाडी चलाउने ४ जना चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया