पाँच देश सहभागी हुने टी-२० सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानमा

 असोज १७, २०७६ शुक्रबार ८:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ओमानमा हुने पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेकाे छ ।  सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेकाे हाे। 

लामाे यात्रापछि ओमान झरेकाे टिमले शुक्रबार सामान्य प्रशिक्षण गर्नेछ।

नेपालले सिंगापुरमा भएकाे त्रिकाेणात्मक सिरिजमा चार खेलमा एक जित २ हार खेलेकाे थियाे भने एक खेल वर्षाकाे कारण रद्द भएकाे थियाे । अन्तिम खेलमा जित निकालेकाे भए नेपालकाे उपाधि जित्ने आशा जीवितै हुने थियाे ।

सिंगापुरमा नेपालले पहिलाे खेलमा जिम्बाब्वेसँग ५ विकेटकाे हार बेहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टिममाथि ९ विकेटकाे सानदार जित निकालेकाे थियाे । यस्तै तेस्राे खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हारेकाे थियाे । बिहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकाेणात्मक सिरिजकाे उपाधि जितेकाे छ ।

अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्सले खेल्ने छन् ।

नेपालले पहिलो खेल अक्टाेबर ६ तारिखमा  हङकङसँग खेल्ने छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया