अनाथ बालबालिकालाई नयाँ लुगा र बाल गृहलाई आर्थिक सहयोग

 असोज १७, २०७६ शुक्रबार १८:१३:८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामेली समाज, दक्षिण कोरियाले इलामकाे राहसल बाल गृहमा रहेका अनाथ बालबालिकालाई नयाँ लुगा र आर्थिक सहयोग प्रदान गरेकोे छ ।

१५ जना अनाथ बालबालिका रहेकोे त्यस गृहलाई कोरियाबाट उपलब्ध गराइएकाे दुई लाख नगद र २० हजार रुपैयाँ बराबरको लत्ताकपडा बिहीबार हस्तान्तरण गरिएकाे हो ।

कार्यक्रममा इलामेली समाज, कोरियाका निवर्तमान अध्यक्ष मञ्जु लावतीले कोरियाका विभिन्न स्थानमा रहेका नेपालीहरुबाट संकलित रकम आफूहरुले गृहलाई केही राहत होस् भन्दै हस्तान्तरण गरेकाे बताउनुभयाे । सबैले दशैँमा नयाँ लुगा पाइरहेका बेलामा अनाथ बालबालिकालाई खुशी बनाउन नगद र नयाँ कपडा समेत वितरण गरेको उहाँले बताउनुभयाे। 


 
बालबालिकालाई नयाँ लुगा तथा अनाथालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानलाई एक लाख रुपैयाँ हस्तान्तरण गरियाे । हस्तान्तरण कार्यक्रममा समितिका सदस्य कविन्द्र राई, भवन निर्माण अभियन्ता चन्द्र राई, कोरियाका संस्थापक सदस्य मित्र जबेगु तथा सुरेन्द्र राईलगायतको उपस्थिति थियो । 

इलाम नगरपालिका ९ गोलाखर्कका राजेन्द्र चौहानले संस्थाकै नाममा आठ रोपनी जग्गा निःशुल्क दान गरी सुरु गरेको अनाथालय २०६६ सालमा दर्ता गरी २०६८ सालदेखि त्यसमा आमाबाबु नभएका र अलपत्र अवस्थामा भेटिएका बालबालिकाहरु राख्न थालिएको हो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया