एनसेलकाे दशैँ बाेनस : रिचार्ज गर्दा १ जीबीसम्म डाटा पाइने

 असोज १७, २०७६ शुक्रबार १८:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले दशैँको अवसरमा ग्राहकहरुका लागि रिचार्ज गर्दा डाटा बोनस अफर ल्याएको छ । एनसेलका ग्राहकहरुले प्रत्येक एक सय रुपैयाँभन्दा माथिको रिचार्जमा डाटा बोनस प्राप्त गर्न सक्नेछन् । 

एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा रिचार्ज गरेको रकमको आधारमा एक सय एमबी देखि एक जीबीसम्म डाटा बोनस पाउने कम्पनीले जनाएकाे छ । 

यो योजना असोज १७ (शुक्रबार) गतेदेखि १५ दिन सम्मका लागि लागू हुने कम्पनीले जनाएको छ । यस योजनामा सय रुपैयाँ रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप एक दिन समयावधि रहेको एक सय एमबी डाटा प्राप्त गर्नेछन् । 

त्यस्तै दुई सय रुपैयाँको रिचार्ज गर्नेले दुई दिन समयावधि रहेको दुई सय एमबी र तीन सय रुपैयाँको रिचार्ज गर्नेले तीन दिन समयावधि रहेको तीन सय एमबी डाटा बोनसस्वरुप प्राप्त गर्नेछन् । 

पाँच सय रुपैयाँको रिचार्ज गर्नेले पाँच दिनका लागि पाँच सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्नेले १० दिनका लागि एक जीबी डाटा बोनसस्वरुप प्राप्त गर्नेछन् ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया