पाेखरामा जीप र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

 असोज १८, २०७६ शनिबार १२:६:४३ | रासस
unn.prixa.net

कास्की – पोखरामा शनिबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । 

पोखरा महानगरपालिका–२६ सुन्दरबजारमा जीप र स्कुटर एकआपसमा ठोक्किँदा पोखरा महानगरपालिका–२७ आदर्शचोक बस्ने स्कुटर चालक २५ वर्षीय हिमाल गुरुङ र स्कुटर पछाडि बसेका २३ वर्षीय रक्ष गुरुङको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग २ च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटर ठोकिएका थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनालगत्तै जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया