टी-२० सिरिज: ओमानले हङकङलाई ७ विकेटले हरायाे

 असोज १८, २०७६ शनिबार १५:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबारदेखि सुरु भएको ओमान पेन्टाङ्गुलर सिरिज (पाँच देशकाे सहभागिता रहेकाे) मा घरेलु टिम ओमानले हङकङलाई सात विकेटले पराजित गरेकाे  ।
हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

ओमानको जितमा जिशान मक्सुदले ३१ रनको अविजित पारी खेले । त्यस्तै खवार अलीले १४ तथा अकिब इलियासले १३ रन बनाए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हङकङ २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । ओमानको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको हङकङ चार खेलाडीलेमात्र १० रन कटाउन सके । 

त्यस्तै हरुन अर्सदले सर्वाधिक १९ रन बनाए भने अहसन अब्बासी र निजाकत खानले १७–१७ रन बनाए । वाक्स बर्कतले १५ रन जोडे । बलिङतर्फ मोहम्मद नदिमले दुई विकेट लिए भने बिलाल खान, अमिन कलिम र खावार अलिले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया