दाड दुर्घटना अपडेट: घाइते चालकको उपचारका क्रममा ज्यान गयाे

 असोज १८, २०७६ शनिबार २०:३४:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - देउखुरीमा बस र ट्रक एक आपसमा ठोक्किँदा घाइते भएका ट्रक चालकको उपचारका क्रममा ज्यान गएको छ ।

देउखुरीकाे राप्ती गाउँपालिका वराखुट्टीमा शुक्रबार भएको दुर्घटनामा परेर घाइते भएका ट्रक चालक कैलाली, घोडाघोडी नगरपालिका-१, का २२ वर्षीय अरूण चौधरीको भैरहवा मेडिकल कजेलमा उपचारको क्रममा मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

शुक्रबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको ना १ ख ४७९३ को ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस बराखुट्टीमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परेर च्यापिएका ट्रक चालक चार घण्टासम्म उद्धार हुन सकेको थिएन ।

बस चालकलाई साढे चार घण्टापछि उद्धार गरेर भैरहवा मेडिकल कजेलमा पठाइएकाे र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अन्य घाइतेहरुकाे अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया