डाक्टर गोविन्द केसीको माग: त्रिविमा भगवान कोइराला उपकुलपति बनाउने प्रक्रिया तत्काल रोकियोस्

 असोज १९, २०७६ आइतबार १५:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति नरोकिए कडा संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ भनेर लामो संघर्ष गरिएको तर सरकारले आफुखुसी पदाधिकारी नियुक्त गरिरहेको भन्दै डाक्टर केसीले आन्दोलनको चेतावनी दिनुभएको हो ।

गएको शुक्रबार सरकारले त्रिभुवन विश्वविद्यालयको उप कुलपतिको लागि डाक्टर भगवान कोइराला, डाक्टर चन्द्रमणि पौडेल र डाक्टर धर्मकान्त बास्कोटाको नाम अन्तिम सूचीमा राखेको छ, तर डाक्टर केसीले भने सरकारको यो निर्णयमा आफ्नौ गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उहाँले नियुक्तिको हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार पदाधिकारी नियुक्त गर्न पनि माग गर्नुभएको छ ।

यस्तै उहाँले युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरुलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार दण्ड गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न पनि माग गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • rajesh sharma

    Oct. 6, 2019, 8:12 p.m.

    फेसबुकेहरु शीर्षक मात्रै पढेर प्रतिकृया जनाउछन । त्यसैले हो कि प्रकृयामा रहेको डा केसीको बिरोधलाई डा भगवान कोइरालाको बिरोध गरेको भनेर शीर्षक बनाइयो र प्रतिकृयस पनि त्यस्तै आए । नेपाल किन यस्तो अजीब भएको होला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया