च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै - बलात्कार प्रयासकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।
रोशनी शाहीले अस्ति शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै निवर्तमान सभामुख महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।
आज काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको अनुमतिअनुसार अब आफूहरुले महरालाई पक्राउ गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
‘महानगरीय प्रहरी परिसर या सम्बन्धीत वृत्तले महरालाई आजै पक्रन बाटो खुलेको छ’, थापाले भन्नुभयो ।
गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । उहाँले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताउनुभएको थियो ।
तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।