टी-२० सिरिज: नेपालले हङकङलाई ४ विकेटले हरायो

 असोज १९, २०७६ आइतबार १९:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलामा नेपालले हङकङलाई हराएको छ ।

ओमानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ४८ बलमा ५८ रन बनाएका हुन् ।

यसअघि नेपालले सुरुवात भने राम्रो गर्न सकेन । कप्तान पारस खड्का पहिलो बलमा नै आउट भएका थिए । त्यसपछि तेस्रो ओभरमा पवन सर्राफ व्यक्तिगत १० रनमा आउट भए । छैठौँ ओभरमा २७ रन बनाएको अवस्थामा नेपालका दिपेन्द्रसिंह ऐरी ६ रन बनाएर र सातौँ ओभरमा रोहित कुमार पौडेल आउट भएपछि इनिङ संकटमा परेको थियो ।

तर छैठौँ ब्याट्सम्यानका रुपमा आएका विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रन बनाएकाे थियो । हङकङकलाई मध्यम स्कोरमा समेट्न नेपालका करण केसीले ४ र अविनास बाेहराले १ विकेट लिए ।

नेपालले साेमबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा टेस्ट मान्यता राष्ट्र आयरल्याण्डलाई घरेलु टोली ओमानले ४३ रनले पराजित गरेको थियाे । ओमानले दिएको  १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६ ओभर २ ओभरमा १३० रनमा अल आउट भयो । ओमानले शनिबार हङकङलाई पनि हराएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया