कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको टेलिफोन कुराकानीविरुद्ध अर्को उजुरी परेको छ ।
दुई राष्ट्रपतिको विवादास्पद कुराकानीविरुद्ध अमेरिकी जासुसी निकायको अनुगमन गर्ने अधिकारीले नै उजुरी गरेका बीबीसीले जनाएको छ । यसअघि ट्रम्पविरुद्ध एक वकिलले पनि उजुरी गरेका थिए ।
दोस्रो उजुरी परेपछि विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको विषयमा छानबिन अगाडि बढाएको बीबीसीले जनाएको छ । डेमोक्रेटिक सांसदहरुले वास्तविकताबारे जानकारी गराउन अमेरिकी सदन र विदेशीमन्त्री माइक पोम्पोओसँग माग गरेका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको फोन कुराकानीमा सन् २०२० मा हुने राष्ट्रपतीय चुनावमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेको भन्दै विरोध भइरहेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालयले भने दुवै उजुरीका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।