फुटबल प्रतियोगिताकाे विवादमा काभ्रेमा गोली चल्याे

 असोज २०, २०७६ सोमबार १४:१५:९ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक - फुटबल प्रतियोगिताको विषयमा विवाद बढ्दै गएपछि काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको छ ।

दशैँको अवसरमा रोशी गाउँपालिका–११ कालढुङ्गामा पञ्चबुद्ध युवा क्लबले आयोजना गर्ने  ‘खुल्ला बृहत रोशी कप’को तयारी भइरहेका बेला प्रतियोगिताको स्थान अन्य विषयमा युवाहरुबीच विवाद हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

गाेली कसले चलायाे भन्ने थाहा नभएकाे र गाेली चलाउनेकाे खोजी भइरहेको उहाँले बताउनुभयाे । गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया