पाकिस्तानविरुद्धको टी–२० सिरिज एक खेल बाँकी छँदै श्रीलंकाकाे पक्षमा

 असोज २१, २०७६ मंगलबार ७:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाले पाकिस्तानविरुद्धको टी–२० सिरिज एक खेल अगावै जितेको छ ।

साेमबार राति भएको खेलमा ३५ रनको जित निकाल्दै श्रीलंकाले २-० ले सिरिजमा अग्रता बनाएको हो । लाहोरमा भएको खेलमा श्रीलंकाले घरेलु टोली पाकिस्तानलाई १८३ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाका भानुका राजपाक्षेले ४८ बलमा ७७ रनको विस्फोटक पारी खेलेपछि पाहुना टोलीले विशाल योगफल तयार पारेको थियो । राजपाक्षेले शेहान जयसूर्यासँग ९४ रनको साझेदारी पनि गरेका थिए । जयसूर्या ३४ रनमा आउट भएका थिए ।

जवाफमा पाकिस्तानले १४७ रनमात्र बनाउन सक्याे । पाकिस्तानका इमाद वसिमले सर्वाधिक ४७ रन बनाउँदा असिफ अलिले २९ तथा सर्फराज अहमदले २६ रनको योगदान दिए ।

अब तेस्राे तथा अन्तिम टी-२० बुधबार लाहोरमै हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया