पाँचथर कारागारमा सुँगुरकाे मासु खाँदा ज्यान गुमाउनेकाे संख्या दुई पुग्याे

 असोज २१, २०७६ मंगलबार ८:३२:३६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - सुँगुरकाे मासु खाँदा बिरामी भएका जिल्ला कारागार पाँचथरका कैदीबन्दीमध्ये मंगलबार थप एक जनाकाे ज्यान गएकाे छ ।

सुँगुरको मासु खाएका फिदिम नगरपालिका १० का जयप्रकाश जवेगुको ज्यान गएको हो ।

आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकाेले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको थियाे ।

 

दुवै जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बिरामी परेका दिनेश खजुम र सुन्दर राईको झापामा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया