आईसीसी टेस्ट च्याम्पियनशिप: अंक तालिकामा भारत पहिलाे, न्यूजिल्याण्ड दाेस्राे

 असोज २१, २०७६ मंगलबार १३:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

गएकाे अगस्ट १ तारिखदेखि सुरु भएकाे आईसीसी टेस्ट च्याम्पियनशिपमा ९ टिमले प्रतिस्पर्धा गरेका छन् । त्यसमा पाकिस्तानले अहिलेसम्म कुनै सिरिज खेलेको छैन ।

९ टिमले २०२१ सम्म ६ वटा टेस्ट सिरिज खेल्नेछन् र त्यसका शीर्ष स्थानमा रहने टीमले उपाधि भिडन्त गर्नेछन् । सबै टिमले तीनवटा सिरिज आफ्नै देशमा र तीन वटा सिरिज विदेशमा खेल्नुपर्नेछ ।

शीर्ष २ मा अटाउने टिमले २०२१ को जुनमा लर्डसमा हुने फाइनल खेल्नेछन् ।

अहिलेसम्म अस्ट्रेलिया र इंग्ल्याण्डले पाँच पाँच तथा भारतले ३ तथा श्रीलंका, न्यूजिल्याण्ड र वेस्ट इण्डिजले दुई दुई टेस्ट खेलेका छन् । भारतले ३ खेलमा तीन वटैमा जित हात पार्दै अहिलेसम्म १६० अंक जोड्दैै तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेकाे न्यूजिल्याण्डले ६० अंक जोडेको छ । २ खेलमध्ये न्यूजिल्याण्डले एउटा जितेकाे र अर्काेमा हार ब्यहोरोको थियाे । तेस्रो स्थानमा रहेकाे श्रीलंकाको पनि ६० अंक छ । श्रीलंकाले पिन खेलेका दुईमध्ये एउटा जितेकाे र अर्काे हारेकाे थियाे ।

चौथो स्थानमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाले ५ खेल खेल्दा २ मा जित २ मा हार र १ मा ड्र गर्दै ५६ अंक मात्रै जोडेको छ । पाँचौं स्थानमा रहेको इंग्ल्याण्डको नतिजा पनि अस्ट्रेलियाको जस्तै छ ।

छैटौँ र सातौँ स्थानमा रहेका टिमले अंक नै जोड्न सकेका छैनन् । दक्षिण अफ्रिकाले पहिलो खेल नै हार ब्यहोरेका कारण अंक जोड्न असफल रह्यो । सातौँ स्थानमा रहेको वेस्ट इण्डिजले दुवै खेल हारेको थियो । 

पाकिस्तान र बंगलादेशले प्रतियोगिता नै सुरु गरेका छैनन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया