जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
महोत्तरी - कौडा खेलाएकाे आराेपमा महोत्तरीबाट साेमबार दुई जना पक्राउ परेका छन् ।
महोत्तरीको लोहरपट्टी नगरपालिका-५ बस्ने ५८ वर्षीय बिल्टु शर्मा र औरही नगरपालिका-१ बस्ने ३० वर्षीय प्रमोद मण्डललाई पक्राउ गरेको प्रदेश-२ प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार राति कौडा खेलाउँदै गरेकाे अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्युरो टोलीले दुवैजनालाई नेपाली रुपैयाँ ६७ हजार भारतीय रुपैयाँ ४ हजार ८ सय ५० सहित पक्राउ गरेको हो । काैडा खेलाइएकाे ठाउँबाट ३० हजार रुपैयाँको काटिएको चेक समेत बरामद भएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लोहरपट्टीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।