पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक

 असोज २१, २०७६ मंगलबार १८:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक परेको छ ।

क्यान्सरबाट पीडित रहेकी खनाल-पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । सुचित्रा नेपालकै पहिलो महिला स्टक ब्रोकर पनि हुनुहुन्थ्यो ।

१५ महिना अघि स्तन क्यान्सर देखिएपछि उहाँको भारतको टाटा मेमोरियल र मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो । तर पछिल्लो २० दिनयता भने उहाँको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया