नोबेल पुरस्कार २०१९: भौतिकशास्त्रतर्फ दुई जना स्विस र एक जना ‘क्यानडाली–अमेरिकी’ वैज्ञानिकलाई

 असोज २१, २०७६ मंगलबार १८:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्विस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

स्विस वैज्ञानिकहरु माइकल मेयर र डिडियर क्वेलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका जेम्स पीबल्सले नोबेल पुरस्कार पाउनुहुनेछ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत पुरस्कृत गर्ने निर्णय गरेको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।

स्विस वैज्ञानिकले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पत्ता लगाउनुभएको थियो । यसअघि सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया