यस्ताे रह्याे विशिष्टहरुकाे टीका (फाेटाे फिचर)

 असोज २१, २०७६ मंगलबार २०:२७:२७ | रासस
unn.prixa.net

काठमाण्डाै - विजयादशमीका अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा उच्च पदस्थ व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिनु भयाे ।

यसअघि उहाँले मूल पुजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रप्रमुखलाई दशैँ घरका मूल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाइदिने परम्परा छ ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयाे ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गर्नुभयाे । उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बुबाबाट दशैँको टीका लगाउनुभएको हो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभयाे ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बुबाको हातबाट टीका र जमरा लगाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेसम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका नेता लगायतलाई र दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाइदिनु भयाे ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया